काठमाडौं– शिक्षा विधेयकमा आफ्ना माग समेटिएको छैन भन्दै नेपाल शिक्षक महासंघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
महासंघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत घोषणा गरेको पहिलो चरणको आन्दोलन अन्तर्गत भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइनेछ ।
त्यसपछि भदौ ११ देखि २० गतेसम्म केन्द्रस्तरमा रहेका सबै राजनीतिक दलका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ २ घण्टासम्म प्रतिनिधिमूलक धर्ना बस्ने कार्यक्रम तय गरिएको छ ।
यस्तै, भदौ १३ गते सबै स्थानीय तहमा र भदौ १५ गते सबै जिल्लास्तरीय समन्वय इकाइमा ध्यानाकर्षण पत्र बुझाइने र २ घण्टा धर्ना दिइने महासंघले जनाएको छ ।
महासंघका अनुसार दोस्रो चरणको आन्दोलनका कार्यक्रम भदौ २१ गते सार्वजनिक गरिनेछ ।
जसमा अवरोधात्मक गतिविधि र विरोध प्रदर्शनजस्ता कडा कार्यक्रमसमेत समावेश गरिनेछन् ।


विश्व खबर 




















