images
images
  • माधव र रविलाई निलम्बन गरेकोमा प्रधानमन्त्री ओलीप्रति भण्डारीको आपत्ति

    काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीले एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र रास्वपाका सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेको सांसद पद निलम्बनलाई अप्राकृतिक भन्दै असन्तुष्टि जनाएकी छन् ।

    उनले कुनै पनि जनप्रतिनिधिमाथि आरोप लाग्नु मात्रबाटै तुरुन्त निलम्बन गर्ने परिपाटी लोकतान्त्रिक मूल्यविपरीत भएको टिप्पणी गरिन् ।

    ‘कुनै व्यक्तिमाथि केही आरोप लाग्यो भने पनि प्रमाणित नभएसम्म उसलाई दोषी भन्न सकिँदैन,’ भण्डारीले भनिन्, ‘तर अहिले त आरोप लाग्नेबित्तिकै बोल्नै नपाई निलम्बित गरिन्छ । के यस्तो नै हो न्याय ?’

    उनका अनुसार जनताले निर्वाचित गरेर पठाएका प्रतिनिधिहरूलाई प्रमाणित नभएसम्म दोषी ठहर गर्न मिल्दैन ।

    उनले प्रत्यक्षतः नाम नलिए पनि माधव नेपाल र रवि लामिछानेको प्रकरणप्रति संकेत गर्दै भनिन्, ‘संसद्मै ठूलो दलका नेतासमेत निलम्बित भइरहेका छन् । प्रश्न उठ्छ, जनप्रतिनिधि साँच्चै दोषी हुन् कि होइनन् ? हुनसक्छ, तर प्रमाणित नभएसम्म निलम्बन गर्नु उपयुक्त होइन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images