images
images
  • सभामुख–उपसभामुख पदमुक्त गर्ने योजनाविरुद्ध विपक्षी र सत्तारूढ कांग्रेस प्रभावशाली नेता एकजुट

    काठमाडौं– कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानाविरुद्ध हस्ताक्षर संकलन सुरु गरेसँगै मंगलबार राजनीतिको वातावरण तातिएको छ ।

    यसपछि माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले सिंहदरबारमा बैठक गर्दै उपसभामुखलाई हटाउने तयारीको कडा विरोध गर्ने निर्णय गरेका छन् ।

    विपक्षी दलहरूले संवैधानिक परिषद्मा नियन्त्रण जमाउने उद्देश्यले रानालाई हटाउन खोजिएको भन्दै सडक र सदन दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

    माओवादी केन्द्रले कांग्रेस–एमाले गठबन्धनलाई अधिनायकवादी बाटोमा अगाडि बढेको आरोप लगाएको छ भने रास्वपा, समाजवादी तथा एकीकृत समाजवादीका नेताहरूले समेत सत्तापक्षको कदमलाई लोकतन्त्रविरोधी ठहर गर्दै प्रतिरोध गर्ने घोषणा गरेका छन् ।

    संविधानअनुसार सभामुख वा उपसभामुखलाई पदमुक्त गर्न दुईतिहाइ बहुमत आवश्यक हुन्छ ।

    हाल संसद्को कार्यरत सदस्य संख्या २७४ भएकाले १८३ मत चाहिन्छ ।

    कांग्रेस (८७), एमाले (७७), जसपा (७), जनमत (६) र लोसपा (४) मिलाएर सत्तापक्षसँग १८१ मत पुग्छ ।

    बाँकी मतका लागि नाउपा वा अन्य दलहरूको समर्थन अपरिहार्य देखिन्छ ।

    तत्कालै दुईतिहाइ बहुमत नपुग्ने भएकाले प्रस्ताव दर्ता नगर्ने तर तयारी अवस्थामा राख्ने संकेत सत्तापक्षले गरेको छ ।

    विपक्षी दलहरू भने उक्त प्रयासलाई असफल पार्ने योजनामा जुटेका छन् ।

    यसबाहेक, सत्तारूढ कांग्रेसभित्रै पनि भिन्न मत देखा परेको छ ।

    नेता डा. शेखर कोइराला, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा उपसभामुख रानाविरुद्धको रणनीतिको विपक्षमा उभिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images