images
images
  • यी हुन् ओली त्यागेर भण्डारीको कार्यक्रममा उपस्थित भएका शीर्ष नेताहरू (नामावलीसहित)

    काठमाडौं– एमाले नेतृत्वको असहयोगबीच पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजधानीमा राजनीतिक गतिविधि सक्रिय बनाइरहेका छन् ।

    उनको अभियानलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले साथ दिएका छन् ।

    एक समय उनीहरू अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र थिए ।

    भण्डारीले बिहीबार थापागाउँस्थित सम्पर्क कार्यालय उद्घाटन गर्दा यी तीन पदाधिकारी सहभागी भएका थिए ।

    यसले पार्टीभित्र उनीसँगै भएको संकेत दिएको छ ।

    युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले यसअघि नै केन्द्रीय कमिटीमा भण्डारीलाई राजनीतिक गतिविधिमा रोक लगाउन नहुने धारणा राखेका थिए ।

    तर, साउन ६ गते सम्पन्न केन्द्रीय कमिटी बैठकले भण्डारी सक्रिय राजनीतिमा फर्कन नमिल्ने र उनको सदस्यता कायम हुन नसक्ने निर्णय गरेको थियो ।

    निर्णयमा फरक मत समावेश नभएको भन्दै ज्ञवाली र पाण्डेले पार्टी नेतृत्वलाई आपत्ति जनाएका छन् ।

    भण्डारी भने संस्थागत विरोधको बाबजुद ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’को नाममा कार्यालय सञ्चालन गर्दै गतिविधि विस्तार गरिरहेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images