काठमाडौं– विद्यालय शिक्षा विधेयक अन्ततः संसदीय समितिबाट पारित भएको छ ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकले लामो समयदेखि अल्झिएको विधेयकलाई पारित गरेको हो ।
यसअघि विधेयकका केही प्रावधानप्रति सरोकारवालाहरूले असहमति जनाउँदै आएका कारण पारित प्रक्रियामा पटकपटक अवरोध भएको थियो ।
सहमति जुटाउन समितिभित्र उपसमिति गठन गरी प्रतिवेदन तयार पारिए पनि विधेयक अघि बढ्न सकेको थिएन ।
यहीबीच शिक्षा विधेयकका प्रावधानलाई लिएर निजी विद्यालय सञ्चालकहरूले बिहीबारदेखि आन्दोलन सुरू गरेका छन् ।
समितिबाट पारित भएको विधेयक अब प्रतिनिधिसभाको आगामी बैठकमा पेश गरिनेछ ।
यद्यपि विपक्षी माओवादी र रास्वपाले यसमा फरक मत राखेको छ ।
प्रतिक्रिया दिनुहोस्





















