images
images
  • नेकपा (एस)मा खनाल निकट नेताहरू धमाधम समानान्तर समिटीमार्फत विद्रोह गर्दै

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को मजदुर विशेष जिल्ला कमिटीमा समानान्तर कमिटी गठन भएपछि पार्टीभित्र विवाद थपिँदै गएको छ ।

    केन्द्रीय सदस्य बिष्णु लम्सालले कुमार सापकोटा अध्यक्ष रहेको कमिटीलाई विघटन गरी उपाध्यक्ष कुण्डल खड्कालाई संयोजक तोक्ने निर्णय गरेको छ ।

    तर, सापकोटाले यसलाई अस्वीकार गर्दै कमिटी पुनर्गठन गरेका छन् ।

    यसरी दुई समानान्तर कमिटीको अवस्था सिर्जना भएको छ ।

    सापकोटा पक्षका अनुसार लम्साल निकटकाले कमिटी सदस्यलाई जानकारी नदिई आफ्नो पक्षको कमिटी बनाएको हो ।

    लम्साल अध्यक्ष माधवकुमार नेपालका नजिक छन् भने सापकोटा र सचिव रवि केसी महासचिव घनश्याम भुसालका नजिक छन् ।

    केन्द्रीय सदस्य दीपक पौडेल झलनाथ खनाल निकट रहेको कमिटीमा पनि हस्तक्षेपको आरोप लागेको छ ।

    यसअघि खनाल निकटकै नेताहरूले विद्यार्थी र युवा संगठनको समानान्तर कमिटी गठन गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images