images
images
  • मोदीसँगको भेटमा ओली यी विवादित मुद्दामा केन्द्रित होलान् ?

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन–भारत भ्रमण अघि नेपाल–भारत भूमि विवाद फेरि उठेको छ ।

    लिपुलेक नाकाबाट भारत र चीनले व्यापार सुरु गर्ने सहमति भएपछि विवाद बढेको हो ।

    ओली नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर सार्वजनिक गरेको चुच्चे नक्सा अहिले उनको भ्रमणको बेला विवादको केन्द्र बनेको छ ।

    ओली भदौ १४ मा चीनको शाङ्घाइमा एससीओ सम्मेलनमा भाग लिनेछन् र भदौ अन्तिम साता भारत भ्रमण गर्ने कार्यक्रम छ ।

    विदेश मामिला विज्ञहरू औपचारिक भ्रमणका लागि अहिलेको परिस्थिति उपयुक्त नभएको र विवाद समाधानका लागि सर्वदलीय बैठक र तथ्य–प्रमाणसहित पहल आवश्यक रहेको बताउँछन् ।

    डा. इन्द्रा अधिकारीले राजनीतिक, कूटनीतिक र प्राविधिक तहबाट स्पष्ट रणनीति बनाएर मात्र छिमेकीसँग छलफल गर्नुपर्ने सुझाव दिइन् ।

    नेपालले विज्ञप्ति जारी गरेर लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग भएको र त्यहाँ कुनै गतिविधि नगर्न आग्रह गरिसकेको छ ।

    कूटनीतिक जानकार डा. निश्चलनाथ पाण्डेका अनुसार नेपालले विषयलाई पर्याप्त प्राथमिकता नदिँदा भारत–चीनले वास्ता नगरेको देखिन्छ ।

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीलाई छिमेकीसँग साझा धारणा बनाउँदै सर्वदलीय बैठक बोलाउन, पुनः कूटनीतिक नोट पठाउन र भ्रमणमा भूमि विवाद उठाउन ६ बुँदे सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images