images
images
  • कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारत–चीनको व्यापार सम्झौता कांग्रेसद्वारा विरोध

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र हुँदै चीन–भारतबीच भएको द्विपक्षीय व्यापार सम्झौताको विरोध गर्न सबै राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले आफ्नो पार्टीले उक्त सम्झौता स्वीकार नगर्ने स्पष्ट पारे ।

    उनले भने, ‘हाम्रो भूमिसम्बन्धी सम्झौता अस्वीकार्य छ । नेपाल सरकारले अघि बढाएका पहलहरू सबै पक्षलाई समेटेर गर्नुपर्छ ।’

    थापाले सबै दलहरू एक ठाउँमा उभिएर स्पष्ट सन्देश दिनुपर्ने जोड दिंदै भने, ‘राष्ट्रवादको भावनामा मात्र नफसौं । एकमत भएर मात्र हाम्रो भूमिमा आँखा लगाउने प्रयास अस्वीकार्य भएको स्पष्ट पार्न सकिन्छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images