images
images
  • माओवादी–रास्वपा सांसद बैठक छोडेर हिँडेको मौकामा कांग्रेस–एमालेले पारित गर्‍यो विवादित भूमि विधेयक

    काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार (भदौ ५) भूमिसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ ।

    विधेयक पारित गर्नअघि कांग्रेसका महामन्त्रीद्वयको संशोधन प्रस्ताव सरकारद्वारा स्वीकार गरिएको बताइएको छ ।

    नेकपा (माओवादी केन्द्र)का केही सांसदले फरक मत राख्ने इच्छा व्यक्त गर्दै शुक्रबार (भदौ ६)सम्म समय मागेका थिए ।

    तर, समितिले विधेयक पारित गरेपछि माओवादी सांसदहरूले फरक मत नदिई बैठक छाडेका छन् ।

    माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पनि असहमति जनाउँदै बैठकबाट बाहिरिएका छन् ।

    बाँकी सांसद भने हस्ताक्षरका लागि बैठककक्षमै बसेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images