images
images
  • उपसभामुखलाई हटाएरै छाड्ने कांग्रेस र एमालेको प्रण, विपक्षीलाई ललाइफकाइ गर्दै देउवा–ओली

    काठमाडौं– कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदीय आचरणविपरीत कार्यमा संलग्न भएको आरोपमा हटाउने तयारी थालेका छन् ।

    अघिल्लो वर्ष उनले असम्बन्धित पाँच व्यक्तिलाई अमेरिकाको ‘कमिसन अन द स्टाटस अफ वुमन’ कार्यक्रममा सहभागी हुने भन्दै दूतावासलाई भिसा अन्तर्वार्ता अघि सारिदिन पत्र लेखेकी थिइन् ।

    ती व्यक्तिहरू कार्यक्रमसँग सम्बन्धित नभएकाले पत्र दुरुपयोग गरिएको आरोप लागेको हो ।

    अघिल्लो वर्षै हटाउने चर्चा भए पनि टुंगो लागेन ।

    तर, यसपटक कांग्रेस–एमाले नेतृत्वले हस्ताक्षर संकलन गरी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।

    भदौ १३ मा राना फर्किएपछि प्रस्ताव दर्ता गरिने भनिएको छ ।

    तर, कांग्रेसभित्रै गगन थापा, विश्वप्रकाश शर्मा र शेखर कोइरालाले आपत्ति जनाएका छन् ।

    उनीहरूका अनुसार संख्याको आधारमा मात्र निर्णय गर्नुभन्दा त्यसको वैधता जनस्वीकार्यता पनि हुनुपर्छ ।

    यसबीच रास्वपा, जसबाट राना उपसभामुख बनेकी हुन्, कारबाही माग गर्दै संसद बहिष्कारमै रहेको छ ।

    माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीसहितका विपक्षी दलहरूले पनि कांग्रेस–एमालेको कदमको प्रतिवाद गर्ने निर्णय गरेका छन् ।

    तर, उपसभामुख हटाउन बहुमतका लागि प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ कांग्रेस सभापति शेरबहादुर देउवाले विपक्षी साना दलहरूलाई फकाउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images