images
images
  • रूपन्देही–३ मा बालेनका दुई सल्लाहकार आकांक्षी

    काठमाडौं– रूपन्देही–३ को उपनिर्वाचन नजिकिँदै गर्दा उम्मेदवारबारे चर्चा तीव्र बन्दै गएको छ ।

    सत्तारूढ एमाले र कांग्रेसले अझै आन्तरिक कसरतमै सीमित रहँदा काठमाडौंका मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल र खाद्य सल्लाहकार सन्तोष गिरी सम्भावित उम्मेदवारका रूपमा अगाडि आएका छन् ।

    गिरीले स्वतन्त्र उम्मेदवारी दिन तयार भइरहेको बताउँदै स्थानीय समस्याबारे अध्ययन गरिरहेको जानकारी दिएका छन् ।

    एमालेको विद्यार्थी राजनीतिबाट सक्रिय भइसकेका ३३ वर्षीय गिरी रूपन्देहीकै तिलोत्तमा–६ का हुन् ।

    उनले अर्थशास्त्रमा एमए र कानुनमा एलएलबी गरेका छन् ।

    अर्याल भने अख्तियार प्रमुख लोकमान कार्कीविरुद्धको रिटमार्फत चर्चामा आएका संवैधानिक कानुन व्यवसायी हुन् ।

    उनले उम्मेदवारीबारे अध्ययनमै रहेको र अन्तिम निर्णय अझै नभएको बताएका छन् ।

    गत निर्वाचनमा एमालेको सहयोगमा राप्रपाका दीपक बोहरा विजयी भएका थिए ।

    बोहराको निधनपछि हुने उपनिर्वाचनलाई आगामी २०८४ को राजनीतिक माहोलको परीक्षाका रूपमा पनि हेरिएको छ ।

    रास्वपाले यसअघि नै उम्मेदवार छनोट प्रक्रिया सुरु गरिसकेको छ ।

    एमाले, कांग्रेस, माओवादी र राप्रपाले अझै उम्मेदवार टुंग्याएका छैनन् ।

    निर्वाचन आयोगका अनुसार असोज २१ गते उम्मेदवारी दर्ता र कात्तिक १७ गते मतदान हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images