images
images
  • कोशीमा भण्डारीको प्रभुत्व हाबी, एमाले र एकीकृत समाजवादीका नेताहरूको बलियो साथ

    काठमाडौं– पूर्वराष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारी मंगलबार विराटनगरस्थित एमाले मोरङ जिल्ला कार्यालय पुगेपछि एमालेभित्र फेरि विवाद चुलिएको छ ।

    कार्यालय भ्रमणपछि उनले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै मोरङ जिल्ला समिति र विराटनगर महानगर समितिलाई धन्यवाद दिएकी थिइन् ।

    भण्डारीको सहभागितामा भएको कार्यक्रममा कार्यकर्ता सहभागी गराउने–नगराउने विषयमा संस्थापन पक्ष र स्थानीय नेतृत्वबीच मतभेद भयो ।

    एमाले कोशी अध्यक्ष घनश्याम खतिवडाले आधिकारिक लेटरहेड प्रयोग गरेर भेला नगर्न निर्देशन दिएका थिए ।

    राजनीतिक विश्लेषक कृष्ण पोखरेलका अनुसार एमाले नेतृत्वमा भण्डारीप्रति ‘मनोवैज्ञानिक त्रास’ देखिन्छ ।

    उनका अनुसार भण्डारी सक्रिय भएमा किनारामा परेका नेता–कार्यकर्ता उनलाई केन्द्र बनाएर संगठित हुने डर छ ।

    भण्डारीले भने कोशी क्षेत्रमा भेटघाट र गतिविधि निरन्तर राखेकी छिन् ।

    चीन भ्रमणपछि उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरिसकेकी छिन् ।

    यसबीचमा मुख्यमन्त्री हिक्मतकुमार कार्की लगायतका मन्त्रीहरूले समेत विराटनगरमा उनलाई भेटेका छन् ।

    भण्डारी यसअघि झापा, मोरङ र विराटनगरमा दर्जनौँ कार्यक्रममा सहभागी भइसकेकी छिन् ।

    उनले एमालेभित्र मात्र नभई समाजवादीका नेतासँग पनि भेटघाट गर्दै आएकी छन् ।

    उनका गतिविधिले स्थानीय अधिवेशनमा समेत प्रभाव पारेको भन्ने धारणा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images