काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार नख्खु कारागार पुगेर रास्वपा सभापति रवि लामिछानेसँग भेट गरेका छन् ।
प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यका अनुसार लामिछानेमाथि राजनीतिक प्रतिशोधस्वरूप कारबाही गरिएको र उनको स्वास्थ्य अवस्था बिग्रिएको कारण भेटघाट भएको हो ।
भेटका क्रममा प्रचण्डले लामिछानेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै राजनीतिक प्रतिशोधविरुद्ध आवाज उठाउने प्रतिवद्धता व्यक्त गरेको आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस्























