images
images
  • सभामुख र उपसभामुख हटाउने रणनीतिमा देउवा–ओली

    काठमाडौं– प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरविरुद्ध हस्ताक्षर संकलन भइरहेको बेला यसको असर प्रदेश राजनीतिमा पनि पुगेको छ ।

    कांग्रेस–एमालेले प्रदेश सभामा राप्रपासहित अन्य दलका सभामुख–उपसभामुख हटाउने गरी ‘प्याकेज डिल’ गर्ने तयारी अघि बढाएको स्रोतको दाबी छ ।

    यो रणनीतिको केन्द्रमा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट रहेका छन् ।

    उनलाई हटाएर सभामुख कांग्रेसले लिने तयारी भएको बताइन्छ ।

    कांग्रेस संसदीय दलका नेता उद्धव थापाले निर्णय औपचारिक नभए पनि शीर्ष तहमा छलफल भएको स्वीकार गरेका छन् ।

    तर, पार्टीभित्रै फरक मत देखिएको छ ।

    पूर्वमुख्यमन्त्री केदार कार्कीले वैचारिक आस्थाका आधारमा संवैधानिक पद हटाउन नहुने भन्दै विरोध जनाएका छन् ।

    डा.शेखर कोइरालाले पनि संघीय उपसभामुखविरुद्धको हस्ताक्षरमा सहभागी नभई असहमति जनाइसकेका छन् ।

    विष्ट २०८० पुस २४ मा तत्कालीन गठबन्धनको सहमतिमा निर्विरोध सभामुख बनेका थिए ।

    तर, बदलिएको सत्ता समीकरणअनुसार कांग्रेस–एमाले सभामुख पद आफूसँग राख्न चाहन्छन् ।

    यो रणनीति कोशीमै सीमित छैन ।

    बागमती प्रदेशमा सभामुख भुवन पाठक र लुम्बिनी प्रदेशमा उपसभामुख मेनुका खाँणलाई समेत हटाएर कांग्रेस–एमालेले आपसी भागबन्डा गर्ने तयारी गरेको बताइन्छ ।

    संघीय सत्ता समीकरणलाई स्थिर राख्न प्रदेशमा पनि शक्ति सन्तुलन मिलाउने प्रयास भइरहेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images