images
images
  • ओलीलाई सत्तारूढ कांग्रेस महामन्त्रीको चेतावनी, भने– संख्याको बलमा सरकारले मनपरी गर्न पाइँदैन

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संख्या मात्र भएको आधारमा पार्टी वा सरकारमा जे पनि निर्णय गर्न नपाइने बताएका छन् ।

    बुधबार काठमाडौंमा नन्दप्रसाद शिवाकोटी स्मृति दिवसमा बोल्दै उनले सत्ता वा शक्तिमा पुग्दा आधारभूत मूल्य र सिद्धान्तसँग सम्झौता नहुने स्पष्ट पारे ।

    उनका अनुसार बहुमतको आधारमा निर्णय वैधानिक भए पनि कार्यकर्ताले स्वीकार गर्ने वा नगर्ने पक्षलाई ध्यान दिनुपर्ने हुन्छ ।

    गगनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै संख्याको बलमा सरकारले मनपरी नगर्न चेतावनी दिएका थिए ।

    उनले कांग्रेसभित्र अहिले ठूलो आत्मविश्वास आवश्यक रहेको उल्लेख गर्दै, कांग्रेस सधैं राष्ट्रिय शक्ति भएको पनि दाबी गरे ।

    थापाले भने, ‘राष्ट्रिय पार्टीको परिभाषा केवल चुनाव जितेर वा हारेर निर्धारण हुँदैन । कांग्रेस चुनाव नलडेको वा हारेको अवस्थामा पनि राष्ट्रिय शक्ति रहँदै आएको छ । राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै साँचो राष्ट्रिय पार्टी हो ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images