images
images
  • रवि लामिछाने भेट्न नख्खु कारागार जाँदै प्रचण्ड, हस्ताक्षर गर्लान् ?

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु कारागार जान लागेका छन् ।

    रास्वपाका प्रवक्ता मनिष झाका अनुसार प्रचण्ड बुधबार साँझ ६ बजे कारागार पुग्ने तय भएको हो ।

    सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने नख्खु कारागारमा रहेका छन् ।

    उनी यसअघि रूपन्देही कारागारमा थिए भने गत शनिबार मात्र नख्खु सारिएका हुन् ।

    यद्यपि उनी रास्वपाको हस्ताक्षर कार्यक्रममा सहभागी नहुने माओवादीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images