images
images
  • नेपालविरुद्ध ओलीले हालेको मुद्दा ४ वर्षदेखि सर्वोच्चमा, पेसी तोकेको क्षणभरमै स्थगित

    काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालविरुद्ध दायर गरेको रिट चार वर्षदेखि सर्वोच्च अदालतमा अल्झिएको छ ।

    मंगलबार न्यायाधीश नहकुल सुवेदी र नित्यनन्द पाण्डेयको इजलासमा पेसी तोकिए पनि स्थगित भयो ।

    अर्को सुनुवाइको मिति भने तोकिएको छैन ।

    ओलीले १७ भदौ २०७८ मा माधव नेपालसहित एमाले छोडेका १४ सांसदलाई पदमुक्त गर्न माग गर्दै रिट दायर गरेका थिए ।

    विवाद २०७७ पुसमा प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजन हुँदा सुरु भएको हो ।

    संसद् पुनःस्थापना भए पनि एमाले र माओवादी केन्द्रबीच अधिकारिकता विवाद टुङ्गिएन ।

    एमालेले फ्लोर क्रस गरेको र पार्टी गतिविधि विरोधी काम गरेको भन्दै माधव नेपालसहित १४ सांसदविरुद्ध कारबाही गरेको थियो ।

    तर, सभामुखले पदमुक्तको सूचना टाँस्न नमानेपछि विवाद अदालतसम्म पुगेको हो ।

    सर्वोच्चमा मुद्दा २२ भदौ २०७८ देखि चार वर्षसम्म स्थगित हुँदै आएको छ ।

    यो विवाद एकीकृत समाजवादीको वैधानिकतासँग पनि जोडिएको छ ।

    एमालेको तर्फबाट दायर रिटमा निर्वाचन आयोगले प्रक्रिया नपुरा गरी पार्टी दर्ता दिएको भन्दै एकीकृत समाजवादीको वैधानिकता बदर गर्न माग गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images