images
images
  • सत्तारूढ कांग्रेस महामन्त्रीले भने– उपसभामुख रानालाई पदमुक्त गर्न खोज्नु अनुपयुक्त

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपसभामुख इन्दिरा रानामगरलाई पदमुक्त गर्ने तयारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

    रुपन्देही–३ मा १७ कात्तिकमा हुने उपनिर्वाचनको तयारीमा भैरहवामा रहेका शर्माले भने, ‘उपसभामुखको प्रकरणमा म यहीँबाट आफ्नो असहमति जनाइसकेको छु ।’

    उपसभामुखले नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु गल्ती भए पनि उनलाई पदमुक्त गर्न उचित नभएको शर्माको भनाइ छ ।

    उनले भने, ‘प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रधानन्यायाधीश विदेश जाँदा देशको प्रतिनिधित्व गरिरहेका हुन्छन् । त्यतिबेलामा हस्ताक्षर जुटाइदिनु सुसंस्कृत कुरा हो र ?’

    उपसभामुख रानामगर हाल अमेरिकामा छन् ।

    शर्माले पार्टीले संसदीय दल कार्यालयमा संकलन गरेको हस्ताक्षरमा आफू सहभागी नभएको पनि स्पष्ट पारे ।

    ‘भैरहवामा पार्टीको काममा व्यस्त छु । काठमाडौं फर्किसकेपछि यसबारे छलफल गर्नेछु,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images