images
images
  • सत्तारूढ कांग्रेस इतरपक्षको अवरोधले उपसभामुख हटाउने योजनामा अलपत्र

    काठमाडौं– कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई पदअनुकूल आचरण नगरेको भन्दै हटाउने प्रयास थालेका छन् ।

    दुईतिहाइ मत पु¥याउन आवश्यक भएकाले दुवै दलले आफ्ना सांसदसँग हस्ताक्षर संकलन गरिरहेका छन् ।

    तर, कांग्रेसभित्र शेखर कोइराला पक्षका सांसदले हस्ताक्षर नगरेपछि तत्कालै प्रस्ताव दर्ता गर्ने तयारी रोकिएको छ ।

    सोमबार बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासहित नेताहरूबीच छलफल हुँदा जसपा (अशोक राई), जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीको समर्थन जुटाएर दुई तिहाइ पुग्ने हिसाबकिताब गरिएको थियो ।

    तर, कांग्रेसभित्र मतभेद र नागरिक उन्मुक्ति पार्टीभित्र विवादका कारण प्रक्रिया ढिलो भएको छ ।

    अघिल्लो वर्ष पनि रानामगरलाई हटाउने प्रयास असफल भएको थियो ।

    उनी अहिले अमेरिकामा रहेकी छन् ।

    कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले सांसदहरूको हस्ताक्षर संकलन गरिरहेको र उपयुक्त समयमा मात्र प्रस्ताव अघि बढाइने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images