images
images
  • उपसभामुख हटाउन सत्तारूढ कांग्रेस–एमाले लगायतका दल आज पनि हस्ताक्षर संकलन गर्दै

    काठमाडौं– उपसभामुख इन्दिरा रानालाई हटाउने हस्ताक्षर संकलन बुधबार पनि जारी रहने भएको छ ।

    कांग्रेस र एमालेका सांसदहरूले मंगलबारदेखि नै खाली कागजमा हस्ताक्षर लिने काम थालेका हुन् ।

    कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेका अनुसार सांसदहरूको हस्ताक्षर संकलन स्वाभाविक अभ्यास हो ।

    मंगलबार कति हस्ताक्षर संकलन भए भन्ने विवरण भने सार्वजनिक भएको छैन ।

    नियमअनुसार सभामुख वा उपसभामुखविरुद्धको प्रस्ताव दर्ता गर्न ६९ सांसदको समर्थन आवश्यक पर्छ ।

    पदमुक्त गर्न भने दुई तिहाइ अर्थात् २७४ बहाल सांसदमध्ये १८३ को समर्थन चाहिन्छ ।

    हाल कांग्रेसका ८८ र एमालेका ७९ सांसद मिलेर १६७ हुन्छन् ।

    थप समर्थनका लागि जनता समाजवादीका ७, जनमतका ६, लोकतान्त्रिक समावादी र नागरिक उन्मुक्ति पार्टीका ४–४ सांसद निर्णायक हुन सक्छन् ।

    संसदमा माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १३, एकीकृत समाजवादीका १०, जसपा नेपालका ५, नेमकिपा, जनमोर्चा र आजपाका एक–एक तथा २ स्वतन्त्र सांसद छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images