images
images
  • शिक्षा विधेयक अध्ययन गर्न २ दिनको समय दिन शिक्षामन्त्रीको प्रस्ताव

    काठमाडौं– शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा विधेयक प्रतिवेदन अध्ययनका लागि दुई दिनको समय दिन प्रस्ताव गरेका छन् ।

    सोमबारको शिक्षा समिति बैठकमा मन्त्री पन्तले यस्तो प्रस्ताव गरेका हुन् ।

    “म हात जोडेर भन्छु विधेयक छिटो पारित गरौँ । विधेयकलाई पूर्ण गर्न नलागौँ । यो कहिल्यै पूरा हुँदैन । नयाँ नयाँ विषय ल्याउने र थप्दै जाने हो भने विधेयक कहिल्यै पास हुँदैन । त्यसैले विधेयक नलब्याऊ,” उनले भने ।

    उनले विधेयक छिटो पास गर्न आग्रह गरे । “मान्छे बाहिर आजित भइसके । सबै माननीयज्यूहरूलाई हात जोडेर आग्रह गर्न चाहन्छु अब छिटो विधेयक पास गरौँ,” उनले भने ।

    विद्यालय शिक्षा विधेयकका नमिलेका विषयबारे उपसमितिले तयार पारेको प्रतिवेदन आज पेस गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images