
काठमाडौं– बागमती प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नै पार्टीका सांसदहरूको असहयोगका कारण विश्वासको मत नपाउने सम्भावना बढेपछि वैकल्पिक समर्थन खोज्न थालेका छन् ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा पक्षका केही कांग्रेस सांसद काठमाडौंमै बसेर सम्पर्कविहीन बनेपछि बानियाँले राप्रपासँग समर्थनको लागि पहल गरेका हुन् ।
प्रदेश सभामा सभामुखसहित राप्रपाका १३ सांसद रहेका छन् ।
राप्रपाले समर्थन गरेमा बानियाँले बहुमत कायम राख्न सक्नेछन् ।
राप्रपाका संसदीय दलका नेता उद्धव थापाले पार्टीभित्र छलफल भइरहेको र चाँडै निर्णयमा पुग्ने जानकारी दिएका छन् ।
विश्वासको मतका लागि कम्तीमा ५६ सांसदको समर्थन आवश्यक पर्छ ।
हाल नेपाली कांग्रेसका ३७ सांसदमध्ये १४ जना लामा पक्षका सांसद सम्पर्कविहीन रहेको बताइएको छ ।
जसका कारण बानियाँलाई आफ्नै दलबाट २३ मत मात्र प्राप्त हुने देखिन्छ ।
सत्ता साझेदार एमालेका २७ सांसदको समर्थन सहित कांग्रेस–एमालेको मत संख्या ५० पुग्छ ।
यदि राप्रपाका १३ मत थपिएमा बानियाँको सरकार जोगिनेछ ।
प्रतिक्रिया दिनुहोस्