
काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले मंगलबार अपराह्न विश्वासको मत लिने तयारी गरिरहेका बेला नेपाली कांग्रेसभित्रैबाट असहयोगको संकेत देखिएको छ ।
पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा तामाङको पक्षधर १३ जना सांसद मोबाइल स्विच अफ गरेर काठमाडौंमै बसेका छन् ।
उनीहरूमध्ये केही सांसदलाई सम्पर्क गर्ने प्रयास गर्दा सबैको फोन बन्द अवस्थामा फेला परेको छ ।
लामा पक्षले आफ्ना तर्फबाट तीन मन्त्री नियुक्त गर्नुपर्ने माग अघि सारेको छ ।
सो माग पूरा नभएसम्म मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने अडानमा उनीहरू रहेका छन् ।
यद्यपि, लामापक्षको असहयोगका बीच मुख्यमन्त्री बानियाँले कुनै पनि हालतमा विश्वासको मत लिइने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्