images
images
  • यी हुन् ठगीदेखि मान्छे बेच्ने धन्दामा संलग्न पूर्वविशिष्ट नामका कलंकहरू (नामावलीसहित)

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले थुनामा राख्ने आदेश दिएको छ ।

    उनी दुई करोड ७४ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएर थुनाबाट छुट्न चाहेका थिए र

    तर, अदालतले प्रमाण र साक्षी बुझिन बाँकी भएकाले बिगो रकम तय नभएको भन्दै थुनामा राख्ने फैसला ग¥यो ।

    लामिछानेले कारागारमा न्यूनतम मानवअधिकार समेत नपाएको भन्दै गुनासो गरेका छन् ।

    मानव अधिकार आयोगले पनि कारागार निरीक्षण गरेको छ ।

    उनी सुप्रिम बचत सहकारीको रकम अपचलन आरोपमा थुनामा छन् ।

    त्यसैगरी, पूर्वप्रदेश प्रमुख राजेश अहिराज जबरजस्ती करणी मुद्दामा, पूर्वमन्त्री दीपक मनाङे पनि कैद भुक्तान गरिरहेका छन् ।

    पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी मानव बेचबिखन मुद्दामा थुनामा छन् भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि थुनामा छन् ।

    सञ्जय शाह टकला ज्यानसम्बन्धी मुद्दामा कारागारमा छन् ।

    नेपालका ७५ कारागारमा अहिले २८ हजार भन्दा बढी कैदी र थुनुवा छन् ।

    कारागारमा अधिक भीडभाड हुँदा क्षमता विस्तारको काम भइरहेको छ ।

    नुवाकोट, सर्लाही, मोरङ, बझाङ, हुम्ला, पाँचथर र मुगुमा नयाँ संरचना बनेको वा बन्ने क्रममा छ ।

    थुनुवाहरूलाई परिवारसँग भेटघाटको सुविधा दिन स्थानान्तरण चुनौतीपूर्ण भएको बताइएको छ ।

    प्रशासनले २०७५ जनालाई प्यारोल सुविधा पनि दिएको छ ।

    जसमा कैदीहरूले जेलबाहिर निश्चित नियममा बस्न पाउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images