images
images
  • ओली सरकारले जमानत अस्वीकार गरेपछि रवि लामिछानेलाई न्यायाधीशले मानेनन् छोड्न

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बैंक जमानतमा रिहा गर्न रूपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।

    बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको आदेशअनुसार चैत २५ गतेदेखि भैरहवा कारागारमा रहेका लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गर्दै तारेखमा छाड्न माग गरेका थिए ।

    तर, जिल्ला न्यायाधीश नारायण सापकोटाले बिगो यकिन नभएको, साक्षी र प्रमाण संकलन बाँकी रहेको तथा सहकारी ऐन २०७४ र संगठित अपराध ऐन २०७० अन्तर्गत सजाय हुनसक्ने भन्दै थुनामै राख्ने आदेश दिएका हुन् ।

    लामिछानेको पक्षमा वरिष्ठ अधिवक्ताहरूले भाग्ने सम्भावना नभएको दाबी गर्दै रिहाइको माग गरेका थिए ।

    यद्यपि सरकारी पक्षले जमानत अस्वीकार गर्न आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images