images
images
  • रवि लामिछानेलाई थुनामै राख्न अदालतको आदेश

    काठमाडौं— रास्वपा सभापति रवि लामिछानेलाई थुनामै राख्ने आदेश जिल्ला अदालत रुपन्देहीले दिएको छ ।

    न्यायाधीश नारायणप्रसाद सापकोटाको एकल इजलासले सुप्रिम सहकारी ठगी मुद्दामा बिगो तिरेर साधारण तारिख माग गर्ने लामिछानेको निवेदन अस्वीकार गरेको हो ।

    यसअघि न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले उनलाई एक करोड धरौटीमा थुनाबाहिर बस्न आदेश दिएको थियो ।

    तर, उच्च अदालत तुलसीपुर, बुटवल इजलासले चैत २२ मा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गर्‍यो ।

    जसलाई सर्वोच्चले समेत सदर गरेको थियो ।

    साउन १९ मा लामिछानेले पुनः जिल्ला अदालतमा दुई करोड ८४ लाखको बैंक ग्यारेन्टीसहित बिगो तिरेर साधारण तारिख मागेका थिए ।

    तर, अदालतले सहकारी ऐनको दफा १३१(क) अनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मिलापत्र निषेध भएकाले उनको माग अस्वीकार गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images