काठमाडौं– जनकपुरको थापाचोकमा रेल र कार एक आपसमा ठोकिएर दुर्घटना भएको छ ।
बागमती प्रदेश ०१–२५ च १२९० नम्बरको कार थापाचोकस्थित रेलवे लिक पार गर्ने क्रममा रेलसँग ठोकिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
दुर्घटनाका प्रत्यक्षदर्शीका भनाइअनुसार भांगहा दिशाबाट जनकपुरतर्फ आइरहेको रेलसँग, थापाचोकतर्फबाट जानकी मन्दिरतर्फ जाँदै गरेको कार लिक क्रस गर्ने प्रयास गर्दा ठोक्किएको हो ।
प्रतिक्रिया दिनुहोस्























