काठमाडौं– बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु भएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले सोमबार मुख्यमन्त्रीको रूपमा दाबी पेश गरेका छन् ।
यसअघि, वर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले आइतबार पदबाट राजीनामा दिएका थिए ।
राजीनापछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत सिद्ध गर्न सक्ने प्रदेश सभा सदस्यलाई
मुख्यमन्त्री नियुक्तिका लागि दाबी गर्न आह्वान गरेका थिए ।सोही आह्वानअनुसार कांग्रेस सांसद बानियाँले आवश्यक समर्थनसहित आफ्नो दाबी सोमबार दिउँसो पेश गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















