images
images
  • टिकटकले हटायो १८ लाखभन्दा बढी नेपाली भिडिओ

    काठमाडौं– टिकटकले २०२५ को पहिलो त्रैमासिकको ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट’ रिपोर्ट सार्वजनिक गरेको छ ।

    प्रतिवेदनमा टिकटकले गत जनवरीदेखि मार्चसम्मका रिपोर्ट सार्वजनिक गरेको हो ।

    टिकटकले कम्युनिटी गाइडलाइन्स उल्लंघन गर्ने सामग्रीहरू पहिचान गरी हटाएको हो ।

    कम्पनीका अनुसार, यसले प्रयोगकर्तालाई सुरक्षित र सकारात्मक अनुभव दिलाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

    सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्र टिकटकले १८ लाख ७६ हजार ५६३ वटा भिडियोहरू हटाएको छ ।

    गाइडलाइन उल्लंघन गर्ने भिडियोहरू स्वचालित प्रविधिले हटाएको थियो ।

    विश्वव्यापी रूपमा, टिकटकले यो अवधिमा २११ मिलियन भिडियोहरू हटाएको छ, जुन प्लेटफर्ममा अपलोड भएको कुल सामग्रीको करिब ०.९ प्रतिशत हो ।

    तीमध्ये १८ करोड ४३ लाख ७८ हजार ९८७ भिडियो अटोमेटेड डिटेक्सन प्रविधि प्रयोग गरेर हटाइएका थिए ।

    ७५ लाख २५ हजार १८४ भिडियो थप समीक्षा गरेपछि पुनःस्थापित गरिएका थिए ।

    प्रतिवेदनअनुसार, हटाइएका भिडियोहरूको ३०.१ प्रतिशत सामग्री टिकटकको नीतिसँग मेल नखाने संवेदनशील वा वयस्क विषयवस्तु थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images