images
images
  • रास्वपा ‘खुल्ला आँगन’ कार्यक्रममार्फत भेटघाट गर्दै

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘खुल्ला आँगन’ शीर्षकमा साप्ताहिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।

    पार्टीको केन्द्रीय कार्यालयमा प्रत्येक हप्ता सञ्चालन हुने यो कार्यक्रमले सर्वसाधारणसँग प्रत्यक्ष संवाद गर्ने उद्देश्य राखेको छ ।

    कार्यक्रम शुक्रबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछ ।

    कार्यक्रम रास्वपाको केन्द्रीय कार्यालय ‘घण्टी घर’ (वनस्थली, काठमाडौं) मा हुने जनाइएको छ ।

    रास्वपाले नागरिकको सुझाव, गुनासो तथा प्रत्यक्ष अन्तरक्रियालाई प्राथमिकतामा राख्दै यो नियमित कार्यक्रम सुरु गरेको जनाएको छ ।

    पार्टीका नेताहरू तथा विभिन्न तहका प्रतिनिधिहरूले कार्यक्रममा सहभागी भई जनसरोकारका विषयमा छलफल गर्नेछन् ।

    कार्यक्रममा इच्छुक सबै नागरिकलाई सहभागी हुन र आफ्ना कुरा राख्न पार्टीले अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images