
काठमाडौं– बागमती प्रदेश सरकारमा तीन नयाँ मन्त्री नियुक्त भएका छन् ।
मुख्यमन्त्री बहादुरसिंह लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रिपरिषदमा ल्याएका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने श्रेष्ठ र गुरुङको जिम्मेवारी केही दिनमै तोकिने कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए ।
यसअघि साउन ९ गते कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा दिएका थिए ।
तर, मुख्यमन्त्री लामाले राजीनामा स्वीकृत नगरी उनीहरूलाई बर्खास्त गरेका थिए ।
मन्त्रीहरूसहित २१ सांसदले लामालाई संसदीय दलको नेताबाट हटाउने हस्ताक्षरसमेत गरेका थिए ।
साउन १३ गते श्याम खड्काले पनि राजीनामा दिएपछि प्रदेशमा पाँच मन्त्रालय रिक्त थिए ।
अब बाँकी मन्त्रालयहरूमा पनि चाँडै नियुक्ति हुने चित्रकारले बताए ।
प्रतिक्रिया दिनुहोस्