सिन्धुली– सिन्धुली जिल्लाको गोलाञ्जोर गाउँपालिका–६ बागेश्वरबाट एउटै परिवारका १६ जना सदस्य आइतबारदेखि सम्पर्कविहीन भएका छन् ।
वडाध्यक्ष रविन श्रेष्ठले सामाजिक सञ्जालमार्फत परिवार सम्पर्कविहीन भएको जानकारी दिएका हुन् ।
श्रेष्ठका अनुसार उक्त परिवारको घरमा चौपाया (पशुजन्य सम्पत्ति) मात्र अलपत्र अवस्थामा फेला परेको छ ।
‘घरमा मान्छे कोही छैन, चौपाया मात्र छन्,’ उनले पोस्टमा लेखेका छन् ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल खड्काले प्रहरी घटनास्थलतर्फ लागेको र पुग्ने बित्तिकै अनुसन्धान हुने बताएका छन् ।
वडासचिव गायत्री भण्डारीका अनुसार परिवार धेरै ऋणमा परेको हुनसक्ने र त्यसकै कारण गाउँ छाडेको अनुमान गरिएको छ ।
स्थानीयले आइतबारदेखि नै उनीहरूलाई नदेखिएको बताएका छन् ।
प्रहरीले उनीहरूको खोजी जारी राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्























