images
images
  • देउवाको निर्मम कदम : विरोधीलाई ठाउँको ठाउँ कारबाही, शेखर क्याम्पका प्रदेश मुख्यमन्त्रीमाथि धारेहात

    काठमाडौं– बागमती प्रदेशमा नेपाली कांग्रेसभित्रको मतभेद चरम बिन्दुमा पुगेको छ ।

    ३७ जना सांसद रहेको कांग्रेस संसदीय दलमा २१ सांसदले हालका संसदीय दल नेता तथा मुख्यमन्त्री बहादुरसिंह लामा तामाङविरुद्ध हस्ताक्षर बुझाएका छन् ।

    बहुमत गुमाएका लामालाई मुख्यमन्त्री पद छाड्न दबाब बढ्दै गएको छ ।

    प्रदेश अध्यक्ष इन्द्रबहादुर बानियाँ स्वयं मुख्यमन्त्री बन्ने दौडमा छन् र पार्टी शीर्ष नेताहरू शेरबहादुर देउवा, प्रकाशमान सिंह र गगन थापाको समर्थन पाएका छन् ।

    लामाको पक्षमा १६ सांसदमात्र बाँकी छन् ।

    गत शुक्रबार असन्तुष्ट चार मन्त्रीले राजीनामा दिएका थिए ।

    जसलाई लामाले अस्वीकार गर्दै उनीहरूलाई बर्खास्त गरेका थिए ।

    लामाले भने आफू अझै मुख्यमन्त्री रहन सक्ने दाबी गर्दै छन् ।

    तर, उनको विपक्षमा कांग्रेसभित्रै बहुमत पुगेको छ ।

    २०८१ साउन ८ मा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका लामाविरुद्ध अहिले एमालेकै समर्थन समेत अन्योलमा छ ।

    देउवा स्वयं ओलीलाई अवस्था बारे जानकारी दिइरहेका छन् ।

    यदि आगामी १५ दिनभित्र बोलाइने संसदीय दल बैठकमा लामाले बहुमत सिद्ध गर्न सकेनन् ।

    इन्द्रबहादुर बानियाँ संसदीय दल नेता हुँदै मुख्यमन्त्री बन्ने सम्भावना छ ।

    प्रदेश सभामा बजेटका कारण विवाद चुलिएको थियो ।

    आर्थिक मामिला मन्त्री काफ्लेले गण्डकी प्रदेशसम्मका योजनामा बजेट छुट्याएको र कार्यकर्ता रिझाउन टुक्रे बजेट वितरण गरेको आरोप लागेपछि कांग्रेसभित्र असन्तोष चुलिएको हो ।

    बागमतीको संकट समाधानका लागि देउवाले नेता राजन केसीलाई सहजीकरणको जिम्मा दिएका छन् ।

    तर, नेता सिटौलाले यो विषय प्रदेशमै हल हुने बताएका छन् ।

    विश्वास वा अविश्वास प्रस्तावमार्फत कांग्रेसले अगाडि बढेमा त्यसको असर केन्द्रसम्म पर्ने संकेत देखिन्छ ।

    अब बागमती कांग्रेसको आन्तरिक द्वन्द्वले कुन दिशा लिन्छ भन्ने केही दिनमा स्पष्ट हुनेछ ।

    लामा कांग्रेस संस्थापन इतरका नेता शेखर कोइरालाको क्याम्पमा छन् ।

    यसअघि आधा दर्जन बढी शेखर पक्षका नेतालाई कारबाही गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images