काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापारिक सम्झौता गरेपछि जापानका प्रधानमन्त्रीले चाँडै आफ्नो राजीनामाको घोषणा गर्ने बुधबार रिपोर्टहरूले जनाएका छन् ।
प्रधानमन्त्री शिगेरु इशिबाको पछिल्लो चुनावी पराजयले उनको गठबन्धनले संसद्का दुवै सदनमा बहुमत गुमाएको छ ।
रिपोर्टहरूका अनुसार प्रधानमन्त्री इशिबाले बुधबार अमेरिका–जापान व्यापारिक सम्झौताको घोषणापछि आफ्ना नजिकका व्यक्तिहरूलाई पद छाड्ने आफ्नो मनसाय व्यक्त गरेका छन् ।
आइतबारको माथिल्लो सदनको चुनाव इशिबाको केन्द्र–दक्षिणपन्थी लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का लागि विनाशकारी थियो ।
एलडिपीले सन् १९५५ देखि लगभग लगातार शासन गर्दै आएको छ ।
मुद्रास्फीतिबाट रिसाएका मतदाताहरूले अन्य पार्टीहरू विशेष गरी ‘जापानी फस्र्ट’ सान्सितो पार्टीलाई समर्थन गरेका छन् ।
सान्सितोको ‘विश्वव्यापीकरण विरोधी’ अभियानले अन्यत्रका लोकप्रिय आन्दोलनहरूको एजेन्डालाई प्रतिध्वनि गर्दछ ।
इशिबाले अगस्टको अन्त्यसम्ममा शीर्ष पद खाली गर्ने योजना बनाएको मैनिची दैनिकले जनाएको छ ।
योमियुरी अखबारले उहाँले जुलाईमा आफ्नो राजीनामा घोषणा गर्ने तर कहिले पद छोड्ने भन्ने विवरण दिएको छैन ।
यी र अन्य रिपोर्टहरूले माथिल्लो सदनको चुनावको नतिजापछि एलडिपीभित्र ६८ वर्षीय वृद्ध इशिबालाई प्रस्थान गर्ने आह्वान अझ चर्को भएको बताएका छन् ।
तर, उनले वासिङ्टनसँग व्यापार सम्झौता गरेपछि अगस्ट १ को समयसीमाभन्दा अघि २५ प्रतिशत करलाई घटाएर १५ प्रतिशतमा झारेको बताए ।
आइतबारको चुनावमा एलडिपी र यसको कनिष्ठ साझेदार कोमेइतो बहुमत कायम राख्न तीन सिटले पछि परे ।
पन्ध्र वर्षमा एलडिपीको सबैभन्दा खराब परिणाममा इशिबाको गठबन्धनलाई अधिक शक्तिशाली तल्लो सदनमा अल्पसङ्ख्यक सरकारमा बाध्य पारिएको केही महिनापछि यो आएको हो ।
इशिबाले आफ्नो पाँचौँ प्रयासमा सेप्टेम्बरमा पार्टी नेतृत्व जित्नुभएको थियो ।
साथै उहाँ सन् २००० पछिका १०औँ एलडिपी प्रधानमन्त्री बन्नुभयो । सन् २००० पछिका प्रधानमन्त्री बन्ने सबै पुरुष थिए ।
अक्टोबरमा भएको तल्लो सदनको चुनावपछि सत्तारूढ गठबन्धनलाई कानून पारित गर्न विपक्षी दलहरूसँग मोलतोल गर्न बाध्य भएको छ ।
वर्षौंको स्थिर वा घट्दो मूल्यपछि विश्वको चौथो ठूलो अर्थतन्त्रका उपभोक्ताहरूलाई सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि मुद्रास्फीतिले दबाएको छ ।
विशेष गरी चामलको मूल्य दोब्बर भएको छ भने एलडिपी कोष घोटालालाई लिएर पनि असन्तुष्टि छ ।
‘म साँच्चिकै आशा गर्छु कि जापानमा अवस्था राम्रो हुनेछ, तर जनसङ्ख्या घट्दै गइरहेको छ र मलाई लाग्छ जापानमा बस्न अझ कठिन र कठिन हुँदै जाने,’ हिरोसिमाकी ८० वर्षीया नाओमी ओमुराले बुधबार टोकियोमा भने, ‘यो निराशाजनक छ कि जापानले संयुक्त राज्य अमेरिकाप्रति अझ कडा व्यवहार गर्न सक्दैन तर मलाई लाग्छ कि उनीहरूले कम भन्सार शुल्कमा सहमत हुनु राम्रो थियो ।’
टोकियो निवासी ८१ वर्षीय तेत्सुओ मोमियामाले इशिबा ‘पहिले नै समाप्त भइसकेको’ बताए । ‘उनी जानका लागि यो राम्रो समय हो,’ उनले भने ।


विश्व खबर 


















