images
images
  • छोरी भेट्न गएका प्रजा मृत भेटिए

    चितवन– चितवनमा एक पुरुष मृत भेटिएका छन् ।

    कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् ।

    गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए ।

    कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए ।

    प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images