images
images
  • बाढीले तमोरको रानी पुल बगायो

    ताप्लेजुङ : अविरल वर्षाले सदरमुकाम फुङलिङबाट उत्तरी क्षेत्रमा रहेको फक्ताङलुङ गाउँपालिका–५ तापेथोक र वडा नम्बर ६ लेलेप जोड्ने तमोर नदीमाथिको रानी पुल बगाएको छ।

    पाँच करोड रुपैयाँको लागतमा रेमिट हाइड्रोले बनाएको पुल बगाएको उक्त हाइड्रोका प्रबन्धक मुकुन्द पोख्रेलले बताए। खोलामा आज बिहान ठूलो बाढी आएपछि पुल बगाएको हो पोख्रेलको भनाइ छ।

    स्थानीय ग्यावु शेर्पाका अनुसार तमोर, घुन्सा र हेल्लोक तीनवटै खोलामा ठूलो बाढी आएको हो। लेलेपको सोत्लीमा भन्ने स्थानमा पहिरो झरेको तर त्यहाँका मानिस भने भाग्न सफल भएको उनको भनाइ छ। यो क्षेत्रमा हिजो वेलुकादेखिनै वर्षा भइरहेको छ।

    खोलामा ठूलो बाढी आको र आज बिहान ४ बजेतिर पुल बगाएको ६ नम्वरका वडाध्यक्ष पेम्वा टाँसी शेर्पाले जानकारी दिए।

    अविरल वर्षाले हेल्लोक सिम्बुवा खोलामा बाढी आइ तमोर खोलाको बहाव बढेको र उत्तरदक्षिण लोकमार्ग रानी पुल बेलिब्रिज बगाएपछि आवतजावत अवरुद्ध भएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images