images
images
  • गाडीको ठक्करबाट युवकको मृत्यु

    चितवनमा सवारी सधानको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

    मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका–११ का ३१ वर्षीय राम अवतार रहेका छन्।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार गएराति खैरहनी नगरपालिका–१ शाहीचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना३च ६६१० नम्बरको बलेरोले उनलाई ठक्कर दिएको थियो।

    ठक्करबाट गम्भीर घाइते भएका अवतारको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गएराति नै मृत्यु भएको हो। ठक्कर दिने बलेरो र चालक प्रहरीको नियन्त्रणमा छन्। रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images