images
images
  • आज निजी विद्यालय बन्द

    काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आज निजी विद्यालय बन्द गराएको छ ।

    शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै क्रान्तिकारीले निजी विद्यालय बन्द गराएको हो ।

    निःशुल्क शिक्षा, शिक्षामा भइरहेको निजीकरणको अन्त्य र शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने लगायत माग राखेर क्रान्तिकारीले विद्यालय बन्द गराएको हो ।

    संविधानअनुरूप हरेक नागरिकले निःशुल्क शिक्षा पाउनु मौलिक अधिकार रहेको क्रान्तिकारीले बताएको छ ।

    प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक हुने भन्दै क्रान्तिकारीले चरणबद्ध आन्दोलन गर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images