images
images
  • विद्यामाथि ओलीको रबरस्ट्याम्प आरोप उनीबाटै पुष्टि : भनिन्– संसद् विघटन संविधान सम्मत

    काठमाडौं– पूर्वराष्ट्रपति विद्या भण्डारीले संसद् विघटनबारे आफूमाथि लागेको दबाबको आरोप अस्वीकार गर्दै त्यस निर्णय संविधानसम्मत भएको दाबी गरेकी छन् ।

    मंगलबार मदन भण्डारी फाउन्डेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले दुईपटक गरेको संसद् विघटन मन्त्रिपरिषद्को सिफारिसमा, संविधानले तोकेको विधिअनुसार मात्र भएको स्पष्ट पारिन् ।

    उनले विगतमा पनि संसद विघटन हुँदै आएको इतिहास स्मरण गराउँदै २०१७ साल, २०५१ साल र २०५९ सालमा पनि संसद विघटन भएको उदाहरण प्रस्तुत गरिन् ।

    राजनीतिक परिप्रेक्ष्यमा संसद विघटनको बहस हुनसक्ने भन्दै उनले आफू त्यस विषयमा छलफल गर्न तयार रहेको जनाइन् ।

    यसका साथै उनले संविधान सम्मत संसद् विघटन गरेको जिकिर गरेकी छन् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आँखा चिम्लेर हस्ताक्षर गरेको भन्दै ओलीको

    रबरस्ट्यामको आरोप लाग्ने गरेको थियो । उक्त आरोप आज उनी स्वयंले पुष्टि गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images