images
images
  • इजरायली गठबन्धन सरकार ढल्ने सम्भावना, प्रमुख सत्तारूढ दल बाहिरियो, प्रधानमन्त्री नेतान्याहू संकटमा

    काठमाडौं– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू नेतृत्वको गठबन्धन सरकार संकटमा परेको छ ।

    प्रमुख सत्तासाझेदार युनाइटेड टोरा जुदाइज्म पार्टीले मंगलबार सरकार छाड्ने घोषणा गरेको हो ।

    पार्टीले युवाहरूमाथि सैन्य सेवा अनिवार्य गर्ने विधेयकप्रति असहमति जनाउँदै गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।

    अल्ट्रा–अर्थोडक्स समूहको यो माग लामो समयदेखि विवादको विषय बनिँदै आएको थियो ।

    पार्टीको बहिर्गमनले नेतान्याहू सरकार तत्काल ढल्ने स्थिति त बनाएको छैन । तर, अब उनको सत्ता दुई अतिदक्षिणपन्थी पार्टीको भरमा निर्भर हुनेछ ।

    जसले गाजामा युद्ध रोक्नेसम्बन्धी कुनै सम्झौता स्वीकार नगर्ने अडान लिएका छन् ।

    यो राजनीतिक अस्थिरता इजरायल र हमासबीच २१ महिनादेखिको गाजा युद्ध अन्त्य गर्न भइरहेको वार्ताकै बीचमा आएको हो ।

    अमेरिका, इजिप्ट र कतारको मध्यस्थता प्रयास अझै निष्कर्षमा पुगेको छैन ।

    टोरा जुदाइज्म पार्टीको बहिर्गमन ४८ घण्टापछि औपचारिक हुनेछ, जसअघि नेतान्याहूसँग समझदारी गरेर पार्टीलाई फर्काउने अन्तिम मौका बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images