काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेलाई नियुक्त गर्दैछन् ।
घुस प्रकरणमा मुछिएका राजकुमार गुप्ताको राजीनापछि ओलीले न्यौपानेलाई मन्त्री बनाउन लागेको स्रोतले जनाएको छ ।
तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्यको कार्यकाल आगामी फागुनमा सकिँदैछ ।
मन्त्री बन्ने विषयमा उनले प्रधानमन्त्रीको सचिवालयबाट अनौपचारिक बधाई आएको बताउँदै आफूलाई जिम्मेवारी दिन लागिएको संकेत पाइरहेको जनाइन् ।
न्यौपाने एमालेकी राष्ट्रिय सभा प्रमुख सचेतक हुन् ।
प्रतिक्रिया दिनुहोस्























