images
images
  • ‘भ्रष्टाचार गर्न नपाए प्रधानमन्त्री ओलीको क्याविनेटमा जानू’

    काठमाडौं– प्रतिनिधिसभाको बैठकमा शाहीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पूर्व सरकारमाथि ‘भ्रष्टाचार गर्न नपाए ओलीको क्याबिनेटमा जानू’ भन्ने अभिव्यक्ति दिएका थिए ।

    शाही बोल्दाबोल्दै एमाले सांसदहरू उभिएर आपत्ति जनाए पनि सभामुख देवराज घिमिरेले शाहीको पालो पूरा भएपछि बोल्न आग्रह गरेका थिए ।

    शाहीको अभिव्यक्तिपछि बोल्दै बरालले प्रधानमन्त्रीमाथि लगाइएको संगीन आरोप देशकै बदनाम गर्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाइन् ।

    उनले संसद्मा अमर्यादित अभिव्यक्ति बढ्दै गएको भन्दै सचेत गराइन् र शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरिन् ।

    सभामुख घिमिरेले पनि पछिल्लो समय संसद्मा अमर्यादित टिप्पणी बढेको भन्दै उठेका विषयप्रति ध्यानाकर्षण भएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images