images
images
  • देउवाको सिफारिसमा बीमा प्राधिकरणको अध्यक्ष बनेका ओझाको योग्यतामाथि प्रश्न, छानविन समिति गठन

    काठमाडौं– बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको योग्यता विवादमा अख्तियारले अनुसन्धान तीव्र बनाएपछि सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।

    प्रधानमन्त्री ओलीको प्रस्तावमा उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा समिति बनाइएको हो । सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला छन् ।

    समिति गठनसँगै ओझा निलम्बनमा परेका छन् र सहसचिव सेवन्तक पोखरेल कार्यबाहक अध्यक्ष बनेका छन् ।

    बीमा ऐन अनुसार पाँच वर्षको व्यवस्थापकीय अनुभव आवश्यक भए पनि ओझासँग अनुभव नभएको भन्दै अदालत र अख्तियारमा उजुरी परेको थियो ।

    अब समितिले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेछ ।

    ओझा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको विश्वास पात्र मानिन्छन् । उनी देउवाकै सिफारिसमा उक्त प्राधिकरणको अध्यक्ष पदमा नियुक्त भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images