images
images
  • प्रधानमन्त्री ओलीले खाइदिए कमजोर तीन मन्त्रीहरूको जागिर, दुई बलिया यथावत्

    काठमाडौं– केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकार गठन भएको एक वर्षमै तीन मन्त्रीले पद गुमाएका छन् भने दुई अन्य विवादमा मुछिएका छन् ।

    असार ३० गते प्रधानमन्त्री बनेका ओलीको सरकारमा संघीय मामिला मन्त्री राजकुमार गुप्ताले घुस डिल आरोपमा एक वर्ष पुगेकै दिन फेसबुकमार्फत राजीनामा दिए ।

    उनले आफू ‘नखाएको विषको सिकार’ भएको दाबी गर्दै छानबिनको माग गरे ।

    त्यसअघि वैशाख ८ गते शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी थिइन् ।

    विद्यालय शिक्षा ऐनको विषयमा प्रधानमन्त्रीको असहयोगपछि उनले पद छाडेको चर्चा भए पनि उनले स्वास्थ्य कारण देखाएकी थिइन् ।

    वैशाख १० गते उर्जाराज्यमन्त्री कान्छामान तामाङलाई प्रधानमन्त्रीले बर्खास्त गरेका थिए ।

    कांग्रेसबाट मन्त्री बनेका तामाङ कुलमान घिसिङको बर्खास्तीमा असन्तुष्टि जनाएपछि देउवाको प्रस्तावमा उनी हटाइएको बताइएको छ ।

    यता, घुस डिल प्रकरणमै भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको नाम जोडिएको छ, तर उनले संलग्नता अस्वीकार गर्दै प्रमाण पेश गर्न चुनौती दिएका छन् ।

    त्यसैगरी, गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा मुछिए पनि राजीनामा दिएका छैनन् ।

    जेठ १३ यता विपक्षीले निरन्तर राजीनामा मागिरहेका छन् । सरकारद्वारा अनुसन्धान समिति गठन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images