images
images
  • घुस डिल प्रकरण : मन्त्री गुप्ताले राजीनामा नदिएपछि बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री ओली

    काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस डिलसम्बन्धी अडिओ सार्वजनिक भएपछि बर्खास्त गर्ने तयारी भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा गुप्तासँग सोमबार सोधपुछ गरे पनि तत्काल निर्णय लिएका थिएनन् । तर, ओलीनिकट स्रोतका अनुसार आजै गुप्तालाई हटाउने तयारी छ ।

    गुप्ताले राजीनामा नदिए बर्खास्त गरिने बताइएको छ । भूमिसम्बन्धी नियुक्ति र सरूवा रोक्ने सन्दर्भमा ७८ लाख घुस डिल भएको अडिओ बाहिरिएपछि विपक्षी मात्र होइन, सत्ता गठबन्धनभित्रैबाट पनि उनको राजीनामाको माग चुलिएको छ ।

    नेपाली कांग्रेसका शेखर कोइराला, गगन थापा र एमालेका राजन भट्टराईलगायत नेताहरूले गुप्तालाई हटाउन आग्रह गरेका छन् । गुप्ताले भने पैसा आफ्नो खातामा नआएको दाबी गर्दै आवाज परीक्षणका लागि तयार रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images