images
images
  • भिजिट भिसामा मुछिएका गृहमन्त्रीविरुद्ध बोल्नै नचाहेका गगनको मन्त्री गुप्तालाई हटाउन गोडेबल

    काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन् ।

    कांग्रेस पार्टीको पेशागत तथा बुद्धिजीवी विभागद्वारा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले घुस प्रकरणमा नाम जोडिएको व्यक्तिले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने बताउँदै भने, ‘मन्त्री गुप्ताले स्वयं पद छाडेनन् भने प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्छ ।’

    मन्त्री गुप्तामाथि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि २५ लाख रुपैयाँ र मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस ‘डिल’ भएको अडियो सार्वजनिक भएपछि चर्को आलोचना भइरहेको छ । सार्वजनिक अडियोपछि गुप्तालाई राजीनामा दिनुपर्ने माग बढ्दो छ ।

    महामन्त्री थापाले पार्टी र सरकारप्रतिको जनविश्वास गुम्न नदिन भ्रष्टाचारको मामिलामा स्पष्ट र कठोर कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।

    यद्यपि यसअघि कांग्रेसबाट गृहमन्त्री बनेका रमेश लेखक भिजिट भिसामा मुछिएको भन्दै राजीनामा दिनुपर्ने माग उठेको थियो । यसबारे कुनै अभिव्यक्ति नदिएका महामन्त्री गगन थापाले मन्त्री गुप्तालाई बर्खास्त गर्न चर्को दबाब दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images