images
images
  • घुस डिल प्रकरण : बालुवाटारबाट फर्किएका मन्त्री गुप्ता सम्पर्कविहीन, प्रधानमन्त्रीले नै भगाएको आशंका

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घुस डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई बर्खास्त गर्न पार्टीभित्रैबाट दबाब बढिरहेको छ ।

    तर, ओलीले अहिलेसम्म कुनै निर्णय गरेका छैनन् । विवादित अडिओ सार्वजनिक भएपछि प्रधानमन्त्रीले मन्त्री गुप्तालाई बालुवाटार बोलाएर स्पष्टीकरण लिएका थिए ।

    प्रधानमन्त्रीलाई स्पष्टीकरण दिएलगत्तै बालुवाटारबाट बाहिरिएका गुप्ता सम्पर्कविहीन छन् । गुप्तालाई भगाउन प्रधानमन्त्रीको संलग्न रहेको हुनसक्ने विपक्षी दलहरूले आशंका गरेका छन् ।

    यद्यपि एमालेभित्रैबाट कारबाहीको माग उठिरहेको छ । सांसद किरणकुमार साहले संसद्मै गुप्तालाई बर्खास्त गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

    एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले सरकारलाई तुरुन्त कदम चाल्न भनेको बताए । प्रधानमन्त्रीले पनि गम्भीरतापूर्वक लिएको जनाइएको छ ।

    पुस अन्तिमतिरको अडिओमा मन्त्री गुप्ताले मालपोत कास्कीका तत्कालीन प्रमुखको सरुवा रोक्न ५३ लाख र भूमि आयोग कास्की अध्यक्ष बनाउन २५ लाख घुस मागेको आरोप छ ।

    यसै आधारमा अख्तियारमा उजुरी परेको र छानबिन सुरु भएको छ । तर, गुप्ताले आफू निर्दोष रहेको दाबी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images