images
images
  • एमोलको केन्द्रीय विभागहरूको संयुक्त भेला आज

    काठमाडौं : नेकपा एमालेले आज केन्द्रीय विभागहरूको संयुक्त भेला आयोजना गर्दैछ।

    पार्टीको आगामी भदौ २०–२२ सम्म आयोजना गरिने दोस्रो विधान महाधिवेशन र साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकका सन्दर्भमा भेला आयोजना गरिएको हो।

    दिउँसो ३ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने भेलामा पार्टीका सबै केन्द्रीय विभागका प्रमुखहरू, सचिवहरू र सदस्यहरूको उपस्थिति अनिवार्य रहेको पार्टी केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए।

    प्रतिक्रिया दिनुहोस्
    images
    images