काठमाडौं । पूर्वराजाका संवाद सचिव फणिराज पाठक ‘अबदेखि श्री ५ नलेख्ने’ सर्तसहित छुटेका छन् ।
बिहान ८ बजेतिर निवासनजिकैबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र शाहका वक्तव्य, सम्बोधनलगायतमा उनले नै ‘श्री ५’ लेखेर सार्वजनिक गरेको भन्दै प्रहरीले मौखिक उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जानकारी दिएको थियो ।
बिहान नियन्त्रणमा लिएर उनलाई दिनभर काठमाडौं प्रहरी परिसरमा राखिएको थियो ।
“अबदेखि श्री ५ नलेख्ने सर्तमा छाडेका छौँ,” काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिल बोहोराले भने, “पहिला प्रयोग गरिएका सबै विज्ञप्ति पनि फेसबुकबाट हटाउने प्रतिवद्धता जनाएका छन् । अबदेखि जारी हुने त्यस्ता सूचनामा पनि संवाद सचिव नलेख्ने र पूर्वराजा नै उल्लेख गर्ने सर्तपछि हामीले छाडेका छौँ ।”
उनका अनुसार पाठकलाई आफन्तको जिम्मा लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























