images
images
  • प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता, के भयो कुरा ?

    काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न सोमबार बिहान बालुवाटार पुगेका छन् ।

    देउवासँगै कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक पनि बालुवाटार भेटमा सहभागी भएका छन् ।

    एमालेतर्फबाट भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उपस्थिति रहेको छ ।

    यसअघि आइतबार सम्पन्न नेपाली कांग्रेसको पदाधिकारी बैठकले एमालेसँगको राजनीतिक सहकार्यलाई निरन्तरता दिनुपर्ने बताए पनि सरकारको गति सुस्त भएको भन्दै आलोचना गरेको थियो ।

    बैठकमा सातबुँदे सहमति कार्यान्वयन नभएको भन्दै कांग्रेसभित्र असन्तुष्टि समेत व्यक्त गरिएको थियो ।

    बालुवाटारको भेटवार्तामा सहकार्यलाई प्रभावकारी बनाउने र सरकारको कार्यसम्पादनलाई गति दिने विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images